प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक विहान ११ बजे बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाइएको बताइएको छ ।

यसअघि मंसिर २३ गते पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।

Leave A Reply

Your email address will not be published.