काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिए महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ ।
महानगर क्षेत्रका विद्यालयहरूलाई जारी गरिएको सूचनामा कोभिड–१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक साता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु भनिएको छ ।
महानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रलयबाट जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।