ओलीको पदमा टाँसिरहने बानीले एमाले कमजोर हुँदै गयो : घनश्याम भुसाल

0

बुटवल : नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको पदमा टाँसिरहने बानीले नेकपा एमाले कमजोर हुँदै गएको बताएका छन् ।

एमाले नेपाल पक्षीय प्रेस चौतारीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले प्रधानमन्त्री ओलीकै कारण एउटै कमिटीमा रहेर अन्तरसंघर्ष गर्ने अवस्था नभएपछि पार्टीभित्र समानान्तर कमिटीको अभ्यास गरेको स्पष्ट पारेका हुन् ।

उनले नेपालको राजनीतिमा ओली र जसपा अध्यक्ष महन्त ठाकुर सबैभन्दा असंगतिला पात्र भएको आरोप समेत लगाए । उनले संसदमा वामपन्थीको बहुमत हुदाहुँदै पार्टीका नेतालाई लखेटेर ओलीले महन्थहरुसँग गठबन्धन गर्न खोज्नु राजनीतिमा विसंगति आउन थालेको बताए ।

भुसालले ओलीले कुर्सीको अहङ्कार त्यागे वाम गठबन्धन अझै सम्भव रहेको बताउँदै ओलीले बिगारेको राजनीति जिम्मेवारी लिने हिम्मत गर्ने र कुर्चीमा बस्ने अहङ्कार छाडे वाम गठबन्धन सम्भव रहेको दाबी गरे ।फरक प्रसंगमा भुसालले आफूहरू एमालेको गरिमा र प्रतिष्ठा बचाउन लागिपरेको बताउँदै आफुहरुओलीले बिगारेको राजनीति फिर्ता गर्न चाहेको जिकीर गरे ।

Leave A Reply

Your email address will not be published.