अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङद्वारा प्रदेशसभाको अधिवेशन अन्त्य

0

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको अधिवेशन अन्त्य गरेका छन् । आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङले प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन गए राति १२ बजेदेखि नै अन्त्य गरेका हुन् ।

बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा थिए ।

गण्डकी प्रदेशको विधेयक अधिवेशन गएको चैत २५ गते सुरु भएको थियो । तीन दिन चलेको प्रदेशसभा बैठक वैशाख ६ गतेसम्मका लागि स्थगित थियो ।

गण्डकी प्रदेशसभामा रहेका ६० मध्ये मुख्यमन्त्री गुरुङलाई नेकपा एमालेका २७ र स्वतन्त्र सांसद दीपक मनाङेको मात्र समर्थन रहेको छ ।

Leave A Reply

Your email address will not be published.