माथिल्लो तामाकोशी परियोजनाको काममा ढिलासुस्ती नगर्न प्रधानमन्त्रीको निर्देशन

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनाको काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।

नापि विभागद्वारा आयोजित ‘मेरो कित्ता’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले अबको जोड पेट्रोल, डिजेलभन्दा विद्युततर्फ रहने बताए । यस सन्दर्भमा माथिल्लो तामाकोशीलाई सरकारले अब विशेष चासोका साथ हेर्ने उनको भनाइ छ ।

ओलीले भने, ‘मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नु छ । १ वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, ३ महिना अगाडि, १ महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’

अब यस आयोजनालाई आफूले विशेष ध्यान राख्ने उनले बताए । ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं । अपर तामाकोशीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडान गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन।’

Leave A Reply

Your email address will not be published.