काठमाडाैंमा १७३ काेराेना संक्रमित थपिए

0

नेपालमा बुधबार थप ६०३ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ४२ सय ८९ वटा पिसिआर गर्दा ५८० जना र ४५१ वटा एन्टीजेन परिक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा काठमाडौंका १७३ जना, ललितपुरका ६१ र भक्तपुरका २० जना रहेका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ जना पुगेको छ ।

त्यस्तै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ६१ पुगेको छ ।

त्यस्तै बुधबार थप १७३ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ४४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल आइशोलेशनमा चार हजार ५६ र क्वारेन्टीनमा ७८ जना रहेका छन् ।

Leave A Reply

Your email address will not be published.