प्युठानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

0

प्युठान : गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार लु१ज १६५५ नं.को जीप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना  भएको हो ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर देवीप्रसाद गैरेले जानकारी दिए ।

जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ ।

त्यसमध्ये ४ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयरी भइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.