अपडेट: प्युठान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

0

 जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी रहेका जीप प्युठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ

। बुधवार दिउँसो भएको दुर्घटनामा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, गुल्मीका यमलाल पन्थी, मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य दश जना घाइते छन् । घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.