वर्ष २०७७ समग्रमा सफल वर्ष : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ समग्रमा सफल वर्ष रहेको बताएका छन् ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७७ राजनीतिक, आर्थिक, सामाजिक  लगायत समग्रमा सबै हिसाबले सफल रहेको बताएका हुन् । यो वर्ष राजनीतिक हिसाबले पृथकतावादी सोच भएकाहरुलाई राष्ट्रिय एकतामा ल्याएको उनले बताए ।

‘हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउन सफल भएकाले अब देशमा हिंसाको रजानीति छैन,’ उनले भने ।

उनले नागरिक नै सार्वभौमसत्ता भएको  भन्दै नागरिकको अभिमत नै सबै भन्दा ठूलो भएको बताए । यस्तै, पुनर्निर्माणका क्षेत्रमा भइरहेको उपलब्धि र मेलम्चीको पानी काठमाण्डौ ल्याउन सफल भएकाले पनि वर्ष २०७७ सफल भएको उनको दाबी छ ।

Leave A Reply

Your email address will not be published.