प्रहरीको गोली लागेर सुर्खेतमा दुईको मृत्यु

0

वीरेन्द्रनगर, २५ साउन । प्रादेशिक सीमाङ्कनमा मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर भर्खरै अर्का एक जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले चलाएको गोली लागेर स्थानीयवासी धमलाचोकका यामबहादुर बिसीको निधन भएको प्रहरीले जनाएको छ । यसअघि आज अपराह्न पनि प्रहरीले चलाएको गोली लागेर टीकाराम गौतमको मृत्यु भएको थियो ।
प्रदर्शनका क्रममा सुर्खेतका रामबहादुर श्रेष्ठ, अनिश पन्त, चूडामणि पोखरेल, पत्रकार आइसिंह रोक्का मगर, लालबहादुर सेजुवाल र टोपबहादुर थापा तथा दैलेखका नरबहादुर पुरी घाइते भएका छन् । मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा घाइतेको उपचार भइरहेको छ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग राखी आइतबारदेखि थालिएको विरोध प्रदर्शन चर्किएर आज तीन प्रमुख दलका कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायत केही सरकारी कार्यालयसमेत तोडफोड भएका छन् ।

Leave A Reply

Your email address will not be published.