हिमानीबाट जस्तापाता वितरण

0

काठमाडौं, २५ साउन । पूर्व युवराज्ञी हिमानी शाहले सिन्धुपाल्चोक धुम्थाङ गाविस–४ स्थित गणेशमान स्मृति उपस्वास्थ्य चौकी र सरस्वती माविलाई आज २५ बण्डल जस्तापाता हस्तान्तरण गर्नुभयो । सरस्वती माविका लागि सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर श्रेष्ठलाई १८ र उपस्वास्थ्य चौकीलाई अस्थायी रुपमा सञ्चालन गर्न सो चौकीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठलाई सात बण्डल जस्तापाता वितरण गरिएको हो । विसं २०१६ मा स्थापित सो विद्यालय गत वैशाख १२ को ‘गोरखा भूकम्प’बाट पूर्णरुपमा क्षति भएको थियो ।

Leave A Reply

Your email address will not be published.