जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध निर्वाचित

0

जनकपुरधाम : डा. सिके राउत जनमत पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनमा अध्यक्ष र महासचिवबाहेक अरू सबै पदमा निर्वाचन भएको थियो । महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन् ।

निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, ई. बसन्त कुशवाहा, ई. दीपक कुमार साह र ई. नरेन्द्र प्रसाद चौधरीले विजयी भएका छन् ।

सदस्यहरुमा रौतहटका डा. सुवन्त कुमार कुशवाहा र ललिचतचन्द्र मल्लिक, सिरहाका संजय कुमार यादव र रामकुमार यादव, रुपन्देहीका भोगेन्द्र प्रसाद यादव, सुनसरीका भवानी महतो र सिताराम पण्डित, सप्तरीका सुरेन्द्र शर्मा र मदनेश कुमार चौधरी, सर्लाहीका नरेश प्रसाद कुशवाहा र राजेन्द्र राय, महोत्तरीका बिरेन्द्र महतो र संजय कुमार यादव निर्वाचित भएका छन् ।

यस्तै, नवलपरासीका बालगोबिन्द चौधरी, धनुषाका इन्द्रजीत यादव र डा. विनय कुमार पंजियार, बाराका ओमप्रकाश साह र सुनिल कुमार यादव, बाँकेका विष्णु प्रसाद यादव र इरफान अहमद शेख, रुपन्देहीका रामकेश गुप्ता, मोरङका परमेश्वर मुर्गु, कपिलवस्तुका योगेन्द्र चौधरी सदस्य पदमा निर्वाचित भएका छन् ।

महिला सदस्यमा सिरहाकी अनिता कुमारी मण्डल, धनुषाकी अनितादेवी साह, महोत्तरीकी अन्जनीदेवी मण्डल, सप्तरीकी बविता कुमारी राउत र जुलेखा विवी, सुनसरीकी आशा कुमारी मेहता, दाङकी राधा कुमारी यादव र झापाकी कौशिला देवी महतो निर्वाचित भएका छन् ।

निर्वाचनमा ४५ सय जनाले मतदान गरेका थिए । बाँकी पदाधिकारी निर्वाचितमध्येबाटै चयन गरिने निर्वाचन प्रमुख संजय कुमार सिंहले बताए ।

Leave A Reply

Your email address will not be published.