इरानको परमाणु केन्द्रमा ‘आक्रमण’

0

एजेन्सी : इरानको परमाणु केन्द्रमा तोडफोड भएको छ । इरानले युरेनियम प्रशोधन तथा भण्डारणका लागि नयाँ उपकरण सार्वजनिक गरेको भोलिपल्टै परमाणु केन्द्रमा आक्रमण भएको शीर्ष परमाणु अधिकारी अली अक्बर शालेहीले बताएका छन् ।

राजधानी तेहरानबाट दक्षिणमा रहेको नातन्ज कम्प्लेक्समा आइतबार आक्रमण भएको हो । सो आक्रमण कस्को संलग्नता छ भन्ने बारेमा केही सार्वजनिक भएको छैन ।

शालेहीले अन्तर्राष्ट्रिय समुदायलाई ‘परमाणु आतङ्कवाद’लाई सम्बोधन गर्न आह्वान गरेका छन् ।

यता इजरायली सञ्चारमाध्यमले भने इजरायली साइबर आक्रमणका कारण इरानी परमाणु केन्द्र समस्यामा आएको बताएको छ । इजरायल सरकारले यस घटनाबारे प्रत्यक्ष रुपमा भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

Leave A Reply

Your email address will not be published.