मनाइयो घोडेजात्रा (फोटो फिचर)

0

काठमाडौं : प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।

त्यही जनविश्वास र संस्कृतिलाई निरन्तरता दिदै काठमाडौँको टुडिखेलमा नेपाली सेनाले घोडेजात्राको आयोजना गरेको थियो । घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो ।

No description available.

नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो । घोडेजात्रामा सैनिकहरुले विभिन्न व्याण्डद्वारा धुनहरु प्रस्तुत गरेका थिए ।

No description available.

कार्यक्रमको सुरुमै घोडाहरुद्वारा शो जम्प प्रस्तुत गरिएको थियो । यो प्रस्तुतिमा घोडाहरुले विभिन्न पर्खालहरु नाघेका थिए । साहाशिक सेनाहरुले घोडाको चालको गतिमा विभिन्न पर्खालहरु उफ्रेर अगाडि बढेका थिए ।

No description available.

यस्तै क्रस टेण्ड पेगिङ अन्तरगतको प्रस्तुतीमा सैनिकहरुले घोडाको साहायता दिदै शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए । यस्तै तालिम प्राप्त कुकुरहरुको प्रस्तुती निकै रोचक देखिएको थियो ।

No description available.

घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिष्प्रधामा विजयी सेनाहरुलाई राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरेकी थिइन् । यात्राका लागि लागि निकै महत्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोग सँगै यसको महत्व घट्दै गएको छ ।

No description available.

घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा घोडालाई विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो । घोडेजात्राका दिन ललितपुरमा भने एक्लो घोडा दौडाउने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.