शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी, हेलिकप्टरबाट पानी खसालेर निभाइँदै

0

काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । आइतबार बिहान ११ बजेबाट बूढानीलकण्ठ नगरपालिका–१ तौलुङबाट सुरु भएको आगलागी क्रमशः फैलिँदै गएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना र निजी कम्पनीका हेलिकप्टर परिचालन गरिएको छ । आगो नियन्त्रणका लागि पहिले चारवटा दमकल परिचालन गरिएको भए पनि त्यसबाट सम्भव नभएपछि हेलिकोप्टर प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको छ ।

आइतबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेको थियो । तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकोप्टर प्रयोग गरिएको हो ।

Leave A Reply

Your email address will not be published.