गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

0

पोखरा : गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका हुन् ।

मन्त्री चुमानले बुधबारदेखि शुरु भएको प्रदेशसभाको अधिवेशनलाई सम्बोधन गर्दै पार्टीको निर्देशनअनुसार आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाइसकेको जानकारी गराएका छन् ।

बुधबार विहान बसेको माओवादी संसदीय दलले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । नयाँ सरकार बनाउनका लागि ३१ साँसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश सभामा हाल एमालेका २७, माओवादीका सभामुखसहित १३ सांसद, नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । 

Leave A Reply

Your email address will not be published.