रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न सरकारको आग्रह

0

काठमाडौं : सरकारले रात्रिकालीन व्यवसायहरु राति ९ बजेसम्म मात्र खोल्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो ।

देशभर कोभिड १९ संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गरेका छन् ।

मन्त्रालयले संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

त्यस्तै मन्त्रालयले ठुला शहरहरूमा एक हजार र साना शहरहरूमा ५ सय भन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ ।

मन्त्रालयले काठमाडौं, पोखरा  लगायत ठुला शहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमण दर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर संक्रमणको उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.