नेपाली काङ्रेसका नेता नबिन्द्रराज जोशीको निधनमा बेल्जियममा श्रद्धान्जली सभा

0

नेपाली जन संपर्क समिती बेल्जियमले नेपाली काङ्रेसका नेता स्वर्गीय नबिन्द्रराज जोशीको निधनको तेर्हौ दिनको पुन्यतीथिमा एक श्रद्धान्जली सभाको आयोजना गरेर आफ्ना स्वर्गीय नेताको स्मरण गरेको छ । अप्रिल सात तारिक बुधवार भएको भर्चुअल श्रद्धान्जली सभामा बिभिन्न बक्ताहरुले स्वर्गीय जोशीको सादा र समाजबादी जीबनशैली र उच्च सैधान्तिक निष्ठाको प्रशंशा गर्दै पार्टीले योज्ञ र कर्मठ नेता गुमाएको बताए ।

जोशीको पक्षाघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा गत मार्च २६ तारिक निधन भएको थियो । नेपाली काङ्रेसको निती निर्माण तहमा रहेर काम गरेका जोशी पार्टीलाई बैचारिक मार्गनिर्देश गर्न सक्ने सिमित नेताहरुमा पर्दथे ।

जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोलेर गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए। गणेशमान सिंहका अनुयायी जोशी २०६४ र ७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–८ बाट संविधानसभा सदस्यमा निर्वाचित बनेका थिए।

दोस्रो संविधानसभामा संविधान जारी भएसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारको उद्योगमन्त्री बनेका थिए उनी। उद्योगमन्त्री हुँदा उनले अबको यात्रा आर्थिक समृद्धि भएको भन्दै २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेका थिए।

९ महिने छोटो कार्यकालमा १० वर्ष अघिदेखि बन्द उद्योग नेपाल औषधि लिमिटेडलाई सञ्चालन गर्न सफल भएका थिए। विद्यार्थी राजनीतिबाट खारिएर आएका जोशी कांग्रेसको १२ औं र १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

उद्योगमन्त्री हुँदा जोशीले रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका थिए। उनका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो।


कार्यक्रममा जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष ध्रुब पौडेल, निबर्तमान अध्यक्ष शुभाष जोशी लगायत समितीका पदाधिकारी तथा सदस्य एवं सल्लाहकारहरुले श्रद्धान्जली ब्यक्त गरेका थिए । कार्यक्रमको सभापतीत्व जन संपर्क समिती बेल्जियमकी साभापती सीता सापकोटाले गर्नु भएको थियो भने कार्यक्रम संचालन महामन्त्री दिनेश भन्डारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.