कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

0

सुर्खेत : कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो ।

यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र   राप्रपाका १ जना सांसद रहेका छन् ।

Leave A Reply

Your email address will not be published.