सरकार लकडाउन गर्ने मनस्थितिमा

0

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा मन्त्री त्रिपाठीले पुनः लकडाउन गर्ने योजनामा सरकार नरहेको बताएका हुन् ।

लकडाउनले सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने बताउँदै मन्त्री त्रिपाठीले सरकारले लकडाउन भन्दा पनि पूर्व सावधानी अनुरुप गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्ने बताए ।

मन्त्री त्रिपाठीले भने, ‘नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् भन्ने हाम्रो चाहना छैन । लकडाउन भन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन् ती सबै कदम चाल्न सरकार तयार छ ।’

उनले आतंकित हुनुपर्ने अवस्था नरहेको जनाउँदै सावधानी तथा सतर्कताका सबै उपायहरु अबलम्बन गरी भय र त्रास कम गर्न सबैमा अपिल गरे ।

मन्त्री त्रिपाठीले अहिले विश्वभर ८१ प्रकृतिका कोरोनाविरुद्धको खोप विकशित भइरहेको र त्यस मध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको बताए । 

चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबार देखि शुरु हुने पनि उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.