एमाले प्रवेश गरेका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रले पठायो पत्र

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसद पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

मंगलबार माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाउन लेखेको पत्र संसद् सचिवालयमा बुझाएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् । चारैजना सांसद अहिले मन्त्री छन् ।

उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् । माओवादीको पत्र आएकाले अव पत्रअनुसार कारबाही प्रक्रिया अघि बढेको प्रवक्ता पाण्डेले बताए ।

संसद् चलेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.