नियमित रक्तदाता भएकोमा गर्व गर्छु : प्रदेश २ प्रमुख झा

0

​काठमाडौं : प्रदेश २ का प्रमुख राजेश झा अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीमा पुगी सोमबार ३२ औं पटकको रक्तदान गरेका छन् ।

‘रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ, म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु,’ प्रमुख झाले रक्तदान पश्चात भने ।

No description available.

उनले प्रदेश २ मा रक्तसञ्चार सेवाको स्तर वृद्धि गर्न  नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे र समुदाय केन्द्रित चेतना कार्यक्रम बढाउन देश भरीका रक्तसञ्चार केन्द्रलाई सुझाव दिए ।

रक्तदानका लागि कालिमाटी, केन्द्रीय रक्तसञ्चार सेवामा आइपुग्दा उनलाई केन्द्रका कर्मचारीहरुले स्वागत गरेका थिए । 

No description available.

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्दशक उमेश प्रसाद ढकालले रक्तदाता पीन लगाइदिँदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए ।

रक्तदान गरेकोमा धन्यवाद पत्र दिँदै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवाको अवधारणा बमोजिम रक्तसञ्चार गतिविधि अघि बढाइएको बताए । ​

Leave A Reply

Your email address will not be published.