चिनियाँ खोप चैत २५ गतेबाट लगाउने निर्णय

0

काठमाडौं : सरकारले चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप चैत २५ गतेदेखि लगाउन शुरु गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनियाँ खोप ‘भेरोसेल’ काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने योजना बनाएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

चीन सरकारले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । यो खोप चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको हो ।

यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थी तथा व्यापार गर्न जानेहरुलाई दिइने प्रवक्ता डा गौतमले बताए ।

Leave A Reply

Your email address will not be published.