भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु

0

एजेन्सी : भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । 

भिडन्तमा ३७ जना घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको बीजपुर र रायपुरका अस्पतालमा उपचार जारी रहेको बताइएको छ । भिडन्त करिब ४ घण्टासम्म चलेको थियो ।

शुक्रबार रातिदेखि २ हजार बढीको संयुक्त सुरक्षा बलले सुकमा र बीजापुरको अलग-अलग क्षेत्रमा माओवादीविरुद्ध अपरेशन चलाएको थियो ।

त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेका थिए । त्यसलगत्तै दुवैतर्फ गोली हानाहान भएको थियो । माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिएको छ । 

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेलले माओवादीसँगको भिडन्तमा सुरक्षाकर्मीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.