गैँडा गणना गर्न गएको टोलीमाथि बाघको आक्रमण, एक जनाको मृत्यु

0

काठमाडौं : बर्दिया राष्ट्रिय निनुञ्जमा गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक कर्मचारीको मृत्यु भएको छ ।

आइतबार बेलुका ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र गैँडा गणना गर्न गएका बेला निकुञ्जमै कार्यरत एक कर्मचारीको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

उनी हात्ती चढेर गैँडा गणनाको कार्यमा संलग्न रहेका थिए । तर हात्तीबाट भुईँमा झरेका बेला उनलाई बाघले आक्रमण गरेर लिएर गएको बताइएको छ ।

उनको शव घटनास्थल भन्दा केही पर फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.