बागलुङमा होली मेलामा दुई समूहबीच झडप, दुई जनाको मृत्यु

0

बागलुङ : बागलुङमा मेलामा युवाबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा दुई समूहबीच भएको झडपमा केही घाइते भएका छन् ।

मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट पाँच मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनापछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भनिएकोमा अधिकांश सम्पर्कमा आएका छन् । थप केही मानिस हताहत भएको हुनसक्ने आशंकामा प्रहरी र स्थानीयले खोजी जारि राखेका छन् ।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो । सो स्थानमा मेला मनाउन तीन जिल्लाका करिव छ सय मानिस पुगेका थिए ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमगिठेवाट प्रहरी टोलि परिचालन गरिएको छ । झडपको कारण खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.