प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो ।

उनीहरुबीच संसद प्रभावकारी ढंगले अगाडि बढाउने तथा सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

पछिल्लो समय सभामुख सापकोटा संसद संचालन प्रक्रियामा सहयोगी नबनेको प्रधानमन्त्री ओलीले आरोप लगाउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.