होली पर्व घरमै मनाउन सरकारको आग्रह

0

काठमाडौं : सरकारले कोरोना संक्रमण पुनः बढ्दै गएकोले होली पर्व घरमै बसेर मनाउन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालमा ’यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौं, माया बाँडौं, कोरोना होइन’ भन्ने सन्देश पठाउँदै होली घरमा नै मनाउन अनुरोध गरेको हो ।

संक्रमितको संख्या बढ्दै गएकोले संक्रमणको जोखिम पनि बढेको भन्दै घरमै बसेर होली मनाउन मन्त्रालयले सचेत गराएको हो ।

छिमेकी मुलुकमा संक्रमण बढेसँगै नेपालका तराइका जिल्ला र उपत्यकामा पनि केही दिनदेखि संक्रमित थपिने क्रम बढेको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै सबै तहतप्काका व्यक्ति र क्षेत्रका व्यक्तिहरुलाई सावधानी अनाउन र अनावश्यक भीडभाड नगर्न पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.