काठमाडौंमा ह्वात्तै बढ्यो वायु प्रदूषण

0

काठमाडौं : काठमाडौंं उपत्यकाको आकाशमा वायु प्रदूषण ह्वात्तै बढेको छ । शुक्रबार काठमाडौंको आकाशमा तुवालोसँगै धुवाँ भरिँदा प्रदुषण बढेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

वायुमण्डलमा धुलोसँगै धुवा पनि मिसिएका कारण आँखा पोल्ने समस्या समेत देखा परेको छ ।

देशका विभिन्न स्थानमा डढेलो लागेका कारण वायुमण्डलमा धुँवा मिसिएर तुवाँलो बनेको हुनसक्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

वायु प्रदूषणका कारण काठमाडौंको हावा घातक भएकाले अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन र मास्कको अनिवार्य प्रयोग गर्न विभागले सचेत गराएको छ ।

विमानस्थल ठप्प

वायुमण्डलमा बाक्लो तुवाँलोले ढाकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा वाह्य उडानहरु प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ । भिजिविलिटी नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो ।

त्रिभुवन विमानस्थलको धावनमार्गको भिजिविलटि अहिले मात्र १ हजार मिटर मात्र रहेको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.