डिल्लीबजार कारागारमै गएर महेश बस्नेतले भेटे रेशम चौधरीलाई

0

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् ।

टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका थिए ।

नेकपा एमाले र जनता समाजवादी पार्टीबीच सत्ता समीकरणबारे छलफल भइरहेको समयमा बस्नेत र चौधरीबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जसपाले सरकारलाई समर्थनका लागि रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई शर्तका रुपमा अघि सारेको छ ।

शुक्रबारमात्रै गृहमन्त्री रामबहादुर थापाले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरीको रिहाइको आन्दोलनमा सहभागी भएर सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

Leave A Reply

Your email address will not be published.