माधव नेपाल समूहले बुझाएको स्पष्टीकरण कारबाही योग्य : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले बुझाएको स्पष्टीकरण कारबाहीको भागिदार योग्य भएको बताएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलको जवाफ कारबाहीको भागिदार योग्य भएको बताएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

फागुन २३ को अदालतको फैसलापछि केही सांसदहरु अनुपस्थित हुँदै आएकोमा शुक्रबारको बैठकमा सहभागी हुनु सकारात्मक भएको भट्टराईले बताए । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणको बारेमा सांसदहरुको सुझाव माग गरेको उनले जानकारी दिए ।

बैठकमा नेपाल समूहका नेता घनश्याम भुसाल र  योगेश भट्टराईले ओलीले नै एकताको प्रयास गर्नुपर्ने धारणा राख्दै २८ गतेका निर्णय फिर्ता लिनुपर्ने माग गरे पनि ओलीले भने निर्णय फिर्ता हुनै नसक्ने बताएको भट्टराईले जानकारी दिए । संसदीय दलको विधान भने संशोधन गर्न सकिने ओलीको धारणा रहेको भट्टराईले बताए ।

बैठकपछि योगेश भट्टराईले फागुन २३ को अदालतको फैसलापछि पार्टीलाई पूर्ववत अवस्थामा फर्काइएको अवस्थामा २०७५ जेष्ठ दुई गतेको अवस्थामा फर्केकाले त्यहीँबाट नै पार्टी अघि बढ्नुपर्नेमा जोड दिएको बताए ।

त्यस्तै संयम र धैर्यका साथ एमालेलाई अघि बढाउनुपर्ने आफुहरुको धारणा रहेको उनले बताए । बैठकमा एमाले बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको सांगठनक संरचनामा फर्किन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । शुक्रबारका बैठकमा एमालेका असन्तुष्ट पक्षहरु पनि सहभागी भएका थिए । 

Leave A Reply

Your email address will not be published.