प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

0

काठमाडौं : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री राईले नेकपा माओवादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपाल समूह छाडेर ओली समूहमा आएकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् ।

त्यसैगरी हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र इलामका राम रानालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको छ ।

उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् ।

सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गरेका हुन् ।

थपिएकी राज्यमन्त्री घलेले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् भने ओझा नेपाल समूह त्यागेर ओली समूहमा आएकी सांसद हुन् ।

Leave A Reply

Your email address will not be published.