‘बेनीको बजार…’ का गायक श्रेष्ठको निधन

0

काठमाडौं : ‘बेनीको बजार, जता माया उतै छ नजर…’ गीतका सर्जक तथा गायक टीका बहादुर श्रेष्ठको निधन भएको छ । म्याग्दीबाट बसाईसराई गरेर रुपन्देही गएका श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको हो ।

‘बेनीको बजार, जता माया उतै छ नजर…’ गीतबाट बेनीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन श्रेष्ठको ठूलो हात रहेको छ ।

जनजिब्रोमा रहेको उक्त गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो ।

श्रेष्ठकी श्रीमती मुना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेरसमेत चिनिन्छ ।

मिर्गौलाको समस्याबाट पीडित श्रेष्ठले नियमितरुपमा डायलासिस गराइरहेका थिए । उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् ।

मिर्गौलासम्बन्धी समस्या झेलिँरहदासमेत श्रेष्ठ साङ्गीतिक क्षेत्रसँग नजिक थिए । तबला, हार्मोनियमलगायतका थुप्रै बाजा बजाउने श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनामजस्तै थिए ।

Leave A Reply

Your email address will not be published.