कुनैपनि बहानामा ओलीसँग साँठगाँठ हुँदैन : उपेन्द्र यादव

0

बुटवल : नेपाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै हालतमा सत्ता साझेदारी नहुने बताएका छन् ।

प्रेस मञ्च नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपी ओली र ओली प्रवृत्तिसँग साँठगाँठ नहुने बताए ।

उनले सरकारसँग अहिलेकाे छलफल रेसम चाैधरिकाे रिहाई सँग मात्र सम्बन्ध रहेकाे बताए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले संविधान विरोधी, लोकतन्त्र र संघीयता विरोधी, प्रतिगामी कदमसँग सत्ता साझेदारी, सती जाने वा लगनगाँठो नकसिने दाबी गरे ।

उनले अहिलेको सरकार पूर्णरुपमा असफल भैसकेको समेत दाबी गरे । अहिलेको ओली नेतृत्वको सरकार विस्थापित गरेर प्रतिगमनको विरुद्ध र लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नयाँ सरकार गठन गरी निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका लागि अब नयाँ सरकार बनाउनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसले चासो नदेखाएका कारण अहिलेको समस्या समाधान हुन ढिलाइ भएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.