भारतले कोरोना खोप अब अरु देशलाई बिक्री नगर्ने

0

भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप तत्काल अरु देशलाई नदिने भएको छ ।

उक्त निर्णयसँगै नेपाललगायतका देशहरु प्रभावित हुने भएका छन् । नेपालले भारतबाट उक्त खोप खरिद गर्दै आएको थियो । थप खोप खरिदका लागि नेपालले भारतीय कम्पनीसित सम्झौता गरेको थियो ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको बिबिसीले जनाएको छ ।

भारतमा संक्रमण दर बढ्दै गएपछि अवस्था भयावह हुन सक्ने भन्दै आन्तरिक माग पूरा गर्नका लागि तत्कालका लागि खोपको निर्यात बन्द गर्ने निर्णय गरेको बताइएको छ । भारतमा महामारीको दोस्रो लहर सुरु भएको छ ।

संक्रमण दर बढ्दो क्रममा छ । यो निर्णयका कारण भारतबाट खोप खरिद गर्दै आएका नेपालसहित विश्वका १९० देश प्रभावित हुने भएका छन् । निर्णयसँगै सेरम इन्स्टिच्युड अफ इन्डियाले एस्ट्राजेनेकोको खोप विभिन्न देशमा पठाउन बन्द गरेको छ ।

भारतले हालसम्म विश्वका ७६ देशलाई ६ करोड खोप बिक्री गरेको बिबिसीले जनाएको छ । भारतमा बुधबार ४७ हजारभन्दा बढी कोरोनाबाट संक्रमित भए भने २७५ जनाको ज्यान गएको छ ।

Leave A Reply

Your email address will not be published.