भारतका १८ राज्यमा नयाँ स्वरुपको कोरोना संक्रमित भेटिए

0

भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ रुप भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट भैसकेको छैन ।

कोरोना भाइरसको यो नयाँ रुप विदेशमा पनि भेटिइसकेको छ ।

पछिल्ला केही दिनदेखि विश्वका विभिन्न देशसँगै भारतमा पनि कोरोनाको संक्रमण तीब्र रुपमा बढिरहेको छ ।

भारतका विभिन्न राज्यमा भेटिएको यो नयाँ किसिमको भाइरसले शरीरको प्रतिरोधी प्रणालीबाट बचेर संक्रमण बढाउने गरेको विज्ञहरुले बताएका छन् ।

यो किसिमको भाइरस कोरोना देखिएका १५ देखि २० प्रतिशत नमूनामा पाइएको बताइएको छ ।

कोरोना भाइरसको नयाँ रुप यसअघि देखिएको कोरोनाको प्रकृतिसँग मेल नखाने पनि विज्ञले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.