म्यानमारमा सेनाको गोलीबाट सात वर्षीया बालिकाको मृत्यु

0

एजेन्सी : म्यानमारमा जारी हिंसाका कारण मारिनेको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । सैनिक दमनका कारण सैन्य ‘कू’को विरोधमा उत्रिएका कयौं प्रदर्शनकारीको ज्यान गइसेकेको छ ।

यसैबीच सेनाको गोलीबाट मंगलबार घरमै बसेकी सात वर्षकी बालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीले पितालाई लक्षित गरेर प्रहार गरेको गोली नजिकै बसिरहेकी सात वर्षीया बालिकालाई लागेको हो ।

प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।

गत नोभेम्बरमा सम्पन्न चुनावको मतगणनापछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ आङ सान सू चीसहित अधिकांश नेतालाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरिएको थियो । त्यसयता म्यानमारमा सेनाविरुद्ध प्रदर्शन जारी छ ।

मंगलबारसम्म २७५ जनाको मृत्यु भएको छ भने २ हजार ८१२ जना पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.