कांग्रेस पदाधिकारीको बैठक आज बस्दै

0

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरूले ओलीको विकल्प खोज्न देउवा सक्रिय नदेखिएपछि त्यसका लागि दबाद दिने तयारी गरेका छन् ।

कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको पौडेल पक्षको भनाइ छ । प्रधानमन्त्री केपी ओलीप्रति नरम देखिएको आरोप सभापति देउवामाथि लाग्दै आएको छ ।

ओलीलाई हटाउनेतिर भन्दा चुनावतिर देउवाको जोड रहेको छ । अन्य नेताहरू ओलीको विकल्प खोज्न ढिला भइसकेको नेतृत्व लिन देउवालाई दबाब दिदै आएका छन् ।

जनता समाजवादी पार्टी र माओवादी केन्द्रले नयाँ सरकार निर्माणमा कांग्रेसको बेवास्ताले गर्दा आफूहरूले ठोस् निर्णय लिन सकेका बताउदै आएका छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ । संसदमा तत्लकालिन एमालेका १२०, कांग्रेसका ६३, माओवादी केन्द्रका ५३, जसपाका ३४ सांसद छन् ।

Leave A Reply

Your email address will not be published.