भीडभाड हुने सभा, सम्मेलन नगर्न सरकारको आग्रह

0

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्ने खतरा रहेको भन्दै भीडभाड हुने सभा/सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ ।

भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको हो ।

नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न/नगराउन मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.