नाइजरमा ५८ जना सर्वसाधारणको सशस्त्र समूहद्वारा हत्या

0

दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ ।

साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सोमबार पनि सरकारी सेनासँग विद्रोहीहरुको माली र बुर्किन फासोको सीमा नजिकै दोहोरो भिडन्त भएको थियो ।

सो क्षेत्रमा अलकायदासँग नजिक रहेको विद्रोही समूहका गतिविधि सक्रिय रहेको अधिकारीहरुले जनाएका छन् ।

नाइजरका सरकारी प्रवक्ता अब्दुरेहम जाकारीयाले घटनाको पुष्टि गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए ।

आक्रमणकारीहरुले गत जनवरी २ मा टिल्लेबमरीका २ गाउँमा आक्रमण गरेर कम्तिमा एक सय जना सर्वसाधारणको हत्या गरेका थिए ।

बढ्दो हिंसा पश्चिमी अफ्रिकाको सोहेल क्षेत्रमा व्यापक सुरक्षा संकटका एक हिस्सा भएको आधिकारीहरुले जनाएका छन् ।

यसअघिका अधिकांश आक्रमणहरु नाइजर, माली र बुर्किन फासोको सीमा नजिकै रहेको बताइएको छ ।

सेनाले तिल्लेबारी क्षेत्रमा गरेको जवाफी कारवाहीमा सने २०१९को डिसेम्बरमा ७० र जनवरीमा ९० जना विद्रोही मारिएका थिए ।

सो सामूहिक हत्याले नाइजरका नयाँ राष्ट्रपति मोहम्मद बाजुमलाई चुनौती थपिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.