ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । 

सिंहदरबारमा मंगलबार बसेको बैठकले संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले नै उल्टाई दिएको अवस्थामा प्रधानमन्त्री पदमा रहन नमिल्ने ठहर गरेको सांसद वर्षमान पुनले जानकारी दिए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा कुनै छलफल नभएको बताए ।

त्यस्तै बैठकले पुष्प कमल दाहाललाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय गरेको छ । बैठकमा संसदीय दलका नेता दाहालले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए ।

Leave A Reply

Your email address will not be published.