शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक ६ गते बस्ने

0

काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैैठक तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ । अर्को बैठक यही चैत ६ गते दिउँसो १ बजे बस्नेछ ।

सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवको निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

उनी विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो । 

Leave A Reply

Your email address will not be published.