गुटगत भेलामा नजान नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निमन्त्रणामा नगएर कसको निमन्त्रणामा जाने भन्दै माधव नेपाल-झलनाथ खनाल पक्षसँग प्रश्न गरेका छन् ।

बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘एकथरी अनुहारका साथीहरु चियापानमा देखिनँ, हिजो बैठक बसेर निर्णय नै गर्नुभो रे, चियापानमा नजाने । पार्टी अध्यक्ष, प्रधानमन्त्रीको निमन्त्रणमा नजाने, अनि कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ कसको निमन्त्रणा पाए जानुहुन्थ्यो भनेर, तर नभनौं ।’

प्रधानमन्त्री ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई समेत आग्रह गरे । माधवकुमार नेपाल समूहको नाम नलिई उनले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै  एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराए ।

त्यस्तै प्रधानमन्त्री ओलीले अब पार्टीमा विधि विधानविरोधी क्रियाकलाप गर्न छुट नभएको बताए । उनले भने, ‘यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो ।’

Leave A Reply

Your email address will not be published.