लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा एक जना पक्राउ

0

सिरहा : सिरहाको लहान स्थित मालपोत कार्यालय भवनमा बम विस्फोट गराउने एक जनालाई सोमबार सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका कार्यकर्ता हुन् ।

मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामराको आधारमा उनी पक्राउ परेका हुन् । उनलाई प्रहरीले सुखीपुर नगरपालिका २, विद्यानगरबाट पक्राउ गरेको हो ।

आइतबार दिउँसो मालपोत कार्यालयको माथिलो तल्लामा भएको बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका थिए । गम्भीर घाइते धनगढीमाई ४ बस्ने दिनेश कुमार भण्डारीको काठमाडौं ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

त्यसैगरी गोलबजार ४ बस्ने फुलकुमारी, गोलबजार ६ बस्ने लक्ष्मीराणा मगर, गोलबजार ६ बस्ने बेचनी मगर, लहान नगरपालिका १६ तरेगना बस्ने लालबहादुर, भगवानपुर ३ बस्ने बद्रीनारायण यादव र धनगढीमाई १३ बस्ने भोलाबहादुर पाँचेमगर घाइते छन् ।

बम विस्फोट घटनाको जिम्मेवारी विज्ञप्ती मार्फत जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएको छ ।

Leave A Reply

Your email address will not be published.