सिरहाको लहान मालपोत कार्यालयमा बम विस्फोट

0

सिरहा : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज बम विस्फोट भएको छ ।

लहान बजारमा रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

बम विस्फोटमा परी कम्तीमा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको डिएसपी शर्माले जानकारी दिएका छन् ।

घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेर घाइतेको उद्धार गरेको छ ।

Leave A Reply

Your email address will not be published.