लहान मालपोत बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

0

काठमाडौं : सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

घटना भएको करिब ४ घण्टापछि अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका हुन्

गोइतले  बम विस्फोट गरेको जिम्मा लिँदै मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरूप विस्फोट गराएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने पनि विज्ञप्ति उल्लेख गरिएको छ । अवस्थामा सुधार नआए यसभन्दा पनि उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । १२ बजेर ४७ मिनेटमा प्रेसर कुकुर बम विस्फोट गराएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो बम बिस्फोटमा परी ६ जना घाइते भएका छन् । सेवाग्राही दिनेश भण्डारीको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ । अन्यको भने अवस्था सामान्य छ । घाइतेमध्ये २ जना मालपोत कार्यालयकै कर्मचारी छन् । घटनाको प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । 

Leave A Reply

Your email address will not be published.