मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

0

मकवानपुर : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–६ सुनाचुरीमा रात्रिबस र ट्रक ठक्कर खाई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दश जना घाइते भएका छन् ।

हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक सहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक वीरगन्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारतीय नागरिकहरु अभयलाल कुश्वाह र सुनिल कुमार रहेका छन् ।

बस चालक थापाको र सुनिल कुमारको चितवन स्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरुको हेटौंडा र भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Leave A Reply

Your email address will not be published.