माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो ।

बैठकमा कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार बनाउने विषयमा छलफल हुनेछ । ओली सरकार विस्थापन गर्नका लागि कांग्रेस र जसपासँग माओवादी केन्द्रले यसअघि नै छलफल गरिसकेको छ ।

दुबै दल ओली सरकारलाई छिटो हटाउनुपर्नेमा सहमत रहेका छन । बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेण्डा तय गर्ने बताइएको छ ।

त्यस्तै एमालेमा गएका नेतालाई कारवाहीको निर्णय पनि बैठकले गर्नेछ । माओवादी केन्द्रले पार्टीको नाम समेत परिवर्तन गर्ने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.