कांग्रेस र जसपाबीच छलफल, पुनः छलफल गर्ने सहमति

0

काठमाडौं : सत्ता समिकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल भएको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

उनले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको मागको सम्बोधन हुनुपर्ने बताए ।

सरकारको बारेमा माओवादीसँग पनि छलफल गर्ने उनले बताए । उनले छलफलहरुबीच भएको छलफलका बारेमा पार्टीभित्र थप छलफल गर्ने र निर्णयमा पुगिने जानकारी दिए ।

छलफलपछि नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले छलफल सकारात्मक भएको र विपक्षी दलहरूबीच सत्ता समीकरणमा एकता हुने सम्भावना बलियो बनेको बताए । फेरि पनि छलफल गर्ने सहमति दुई दलबीच भएको उनको भनाइ छ ।

त्यस्तै उनले कांग्रेसको पदाधिकारी बैठकमा पनि पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.