माधव पक्षको अनुपस्थितिमा एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज

0

काठमाडौं : नेकपा एमालेले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गरेको छ । माधव नेपाल पक्षीय नेताहरुलाई जानकारी नदिइ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो ।

बैठकले पार्टीको १० औँ महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय पनि गरेको छ । बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी जिम्मेवारी राजन भट्टराईलाई दिएको छ ।

Leave A Reply

Your email address will not be published.